+

प्रधानमन्त्री र भारत, भूटान, माल्दिभ्सका एनसिसी प्रतिनिधिबीच छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली तथा  भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) प्रतिनिधिबीच छलफल भएको  छ ।


प्रधानमन्त्री र महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल आएका एनसिसी प्रतिनिधिबीच  आज बालुवाटारमा छलफल भएको हो  । 

छलफलमा प्रधानमन्त्री ओलीले युवा आदान–प्रदानका कार्यक्रमद्वारा नेपाली सेनाले मित्रराष्ट्रका सेनासँगको आपसी सम्बन्धलाई बलियो बनाउनाका साथै क्याडेटबीच सीप, संस्कृति र परम्पराको आदान–प्रदान गर्ने सुनौलो अवसर सृजना गर्दै आएको बताउनुभयो ।

उहाँले यस्ता कार्यक्रमले आपसमा सामाजिक, आर्थिक र सांस्कृतिक यथार्थको अझ बढी बुुझाइ र कदर सृजना गर्ने भएकाले आपसी सम्बन्धलाई अझ सुमधुर बनाई सम्पूर्ण संसार एक समुदाय हो भन्ने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले अध्ययन, अवलोकन र जीवनका वास्तविकता अनुभव गरेर सिक्ने प्रक्रिया निरन्तर चलिरहने भएकाले यस मञ्चमार्फत एक ऊर्जावान्, भविष्यका एक सम्मानित र गतिशील युवा बन्न सहभागीलाई प्रेरणा मिलोस् भनी कामना गर्नुभयो ।

कार्यक्रमअन्तर्गत विभिन्न देशका युवालाई एकत्रित गरेर उनीहरूलाई बफादार, अनुशासित, जिम्मेवार, भविष्यका असरदार नेतृत्वकर्ता र असल नागरिकका रूपमा रूपान्तरण गर्ने काम गरिन्छ । एनसिसीले युवामा राष्ट्रियता, देशभक्ति, नेतृत्व, आत्मविश्वास र राष्ट्रसेवा जस्ता गुण विकास तथा प्रवर्द्धन गर्दै आएको छ ।

त्यस ३४ सदस्यीय भ्रमण टोली नेपाली सेनाको निमन्त्रणामा फागुन ९ गते नेपाल आएको हो । त्यस अवसरमा नेपालको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यामप्रसाद ढकाल, भारतको एनसिसीका महानिर्देशक गुरवीर पाल सिंह, भूटान स्काउट एसोसिएसनका निर्देशक साङ्गे चोदेन, माल्दिभ्सका प्रतिनिधिमण्डलका प्रमुख रिफान अली लगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट