
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिने बताउनुभएको छ ।
झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अरु पार्टीसँग सहकार्य नगर्न माओवादीलाई जनताले नै सुझाव दिएको प्रसंग सुनाउनुभएको थियो ।
आफूले सरकारको नेतृत्व गर्दा सुशासन र भ्रष्टाचारविरुद्ध निर्मम भएर अभियान चलाएको चर्चा गर्दै प्रचण्डले त्यही कारण रातारात सरकार परिवर्तन गरिएको दावी गर्नुभयो ।
‘केही फरार अभियुक्त पक्राउ भए । त्यसपछि रातारात सरकार परिवर्तनको नाटक भयो,’ उहाँले भन्नुभयो, ‘यसरी बनेको यो सरकार फेर्ने कसरतमा हामी लागेका छैनौँ । बरु, जनतामै गएर निर्वाचनबाट जनताको शक्ति लिएर एक्लै सरकार बनाउनेछौं ।’
नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुट्न पुगेकोबारे पार्टीले समीक्षा गरिसकेको उहाँले बताउनुभयो । उहाँले अब जनतासँग क्षमा माग्दै सम्बन्ध सुधारमा लागेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै