+

नेपालको चेतावनी पछि आफ्नै खर्चमा विद्यार्थी फिर्ता लिदै केआईआईटी

काठमाडौँ । भारतको उडिसामा भएको घटनाका प्रकृति लम्सालको निधन भएपछि छात्रावास छोडेर नेपाल आएका विद्यार्थीहरुको आतेजाते टिकट खर्च उक्त शैक्षिक संस्थाले नै व्यहोर्ने तथा कसैको परीक्षा छुट्न गएमा पुनः परीक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।


नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले मङ्गलबार जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा उल्लेख छ । 

भारतको उडिसा राज्यस्थित क्लिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएपछि छात्रावास खाली गराइएको  थियो । 

प्रेस विज्ञप्तिमा भनिएको छ, ‘‘उडिसामा भएको घटनाका सम्बन्धमा आवश्यक छानबिन तथा बुझ्नका लागि यस राजदूतावासबाट खटाइएका पदाधिकारीहरु उडिसा पुगेर त्यहाँ भएका विद्यार्थीहरुलाई भेट्नुभएको थियो । साथै, सम्बन्धित शैक्षिक संस्थाका पदाधिकारीसँग समेत छलफल गर्नुभएको थियो । उक्त छलफलका क्रममा माननीय परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाज्यूले समेत शैक्षिक संस्थाका पदाधिकारीहरुसँग फोनमा कुराकानी गर्नुभएको थियो ।’’

राजदूतावासबाट खटिनु भएका पदाधिकारीहरुका अनुसार हाल त्यहाँको अवस्था सामान्य रहेको जानकारी प्राप्त भएको छ । यसैक्रममा मङ्गलबार दिउँसो नयाँ दिल्लीस्थित नेपाली राजदूत डा. शंकर शर्माले उक्त संस्थाका संस्थापक अध्यक्ष अच्युत सामन्तसँग समेत कुराकानी गर्नुभएको थियो । साथै, उडिसा राज्य सरकारले यस घटनाका सम्बन्धमा उच्चस्तरीय जाँचबुझ समिति समेत गठन गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट