
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज पनि दोहोरो अंकले बढेको छ ।
आइतबार १९ दशमलव ५६ र सोमबार २९ दशमलव ८७ अंकले बढेको नेप्से परिसूचक आज ११ दशमलव ९१ अंकले बढेको हो ।
शून्य दशमलव ४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक २ हजार ७३९ दशमलव ८२ को विन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर, ९९ हजार ५ सय ८५ पटक खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २ सय १४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैङ्किङ शून्य दशमलव २२, लगानी एक दशमलव २४, जीवन बीमा एक दशमलव ७४, निर्जीवन बीमा शून्य दशमलव ३०, व्यापार शून्य दशमलव ४१ र अन्य समूह तीन दशमलव ६७ प्रतिशतले बढेको छ । अरू सबै समूहको उपसूचक घटेको छ ।
विकास बैङ्क एक दशमलव ७४, वित्त एक दशमलव ५०, होटेल तथा पर्यटन एक दशमलव ०४, जलविद्युत् शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०६, लघुवित्त शून्य दशमलव ७९ र म्युचुअल फन्ड शून्य दशमलव ०५ प्रतिशतले घटेको छ । वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सप्तकोशी डेभलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ । यो कम्पनीको आज ८२ करोड दुई लाख ३६ हजार ९ सय १० रुपैयाँबराबरको ८ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै