+

भारतमा कार दुर्घटना हुँदा महाकुम्भ मेलामा गएका ३ नेपालीको मृत्यु

रुपन्देही । भारतमा कार दुर्घटना हुँदा प्रयागराजमा लागेको महाकुम्भ मेलामा सहभागी हुन गएका ३ जना नेपाली नागरिकको  मृत्यु भएको छ । 


महाकुम्भ मेलामा सहभागी हुन गएका रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र त्यही ठाउँकी ४५ वर्षीया गीता शर्माको कार दुर्घटनामा  मृत्यु भएको हो । 

कार दुर्घटनामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुहीका ४५ वर्षीय गणेश खनाल, उहाँकी श्रीमती ४० वर्षीया दीपा खनाल र सोही ठाउँकी ४५ वर्षीया गीता शर्मा रहेका छन् । उनीहरु महाकुम्भबाट स्नान गरेर फर्किने क्रममा कार दुर्घटनामा परेको रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले जानकारी दिनुभएको छ । 

प्रहरी उपरीक्षक राठौरका अनुसार उनीहरु सवार कार भारतको आजमगढ नजिकै सडक छेउको डिभाइडरमा ठोक्किएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । 

घाइतेको भारतकै आजमगढ र गोरखपुरमा उपचार भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । देवदह नगरपालिका–९ का ३५ जनाको टोली कुम्भ मेलामा स्नान गर्न गएको थियो । पाँच कारमा सवार उक्त  टोली फर्किने क्रममा बनारस–आजमगढ राजमार्गमा दुर्घटनामा परेको हो ।

 शव स्थानीय अस्पतालमा परीक्षणका लागि राखिएको र नियमितरुपमा  भारतीय प्रहरीसँग सम्पर्क भइरहेको उहाँले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट