+

शान्दार म:म आगलागी अपडेट : मृतक चार पुग्यो

काठमाडौँ । कमलपोखरीस्थित शान्दार मम पसलमा माघ २३ गते भएको आगलागीमा परी जविन गुमाउने ४ जना पुगेको छ ।  कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको हो ।


मम पसलमा त्यस दिन ग्यास सिलिण्डर बिस्फोट हुँदा ११ जना घाइते भएका थिए । घाइते मध्ये  थप एक जनाको मृत्यु भएको हो । 

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौँ कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘आगलागीमा परी घाइते भएका लामाको शनिबार राति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।’

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौँ बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट