+

हात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौँ ।  गएको साता उकालो लागेको सुनको भाउ आज भने हात्तै घटेको छ । सुनको मूल्य आइतबार तोलामा २ हजार  ७  सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज  एक लाख ६७ हजार ५ सय रुपैयाँमा झरेको छ ।  

आज चाँदीको मूल्य समेत तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट