+

विराटनगरमा सोरुमबाटै गाडी चोर्ने एकजना पक्राउ

काठमाडौँ । मोरङमा सोरुमबाट गाडी चोरी भएको छ । विराटनगर महानगरपालिका वडा नम्बर ३ स्थित पूजा इन्टरनेशनलबाट गयराति गाडी चोरी भएको हो । प्रहरीले चोरीको घटनामा संलग्नलाई एक जनालाई आजै पक्राउ गरेर सार्वजनिक गरेको छ ।


पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नम्बर ४ बस्ने सन्तोष कुमार बिन रहेका छन् ।  

उक्त सोरुमको ढोकाको सिसा फुटाई खुला घर्रामा रहेको चाबी झिकेर बिनले टाइगुन मोडलको कार र १ थान ल्यापटप चोरेर लगेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । 

घटनापछि चोरीमा संलग्नको खोजतलास गर्ने क्रममा कोशी प्रदेश प्रहरी कार्यालयबाट प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरी समेतको संयुक्त टोलीले कार सहित उनलाई पक्राउ गरेको हो । चोरीमा संलग्न बिनलाई आज दिउँसो सुनसरीको गढी गाउँपालिका वडा नम्बर ४ स्थित इक्राहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट