
काठमाडौँ । चौतर्फि बिरोधपछि ड्युटीमा रहेका प्रहरीलाई कुटपिट गर्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ परेका छन् । जोशीलाई बिहीबार साँझ बानेश्वरबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपील राज बोहोराले जानकारी दिनुभएको छ ।
उक्त घटनामा संलग्न रहेको आरोपमा यसअघि दुई जना पक्राउ परिसकेका छन् ।
जोशीसहितको समूहले माघ २४ गते राति ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गर्दै सवारी साधनमा तोडफोड समेत गरेको थियो । उनीहरूको आक्रमणबाट प्रहरी दरबारमार्ग वृत्तका क्वीक रेस्पोन्स टिम (क्युआरटी)का प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्ट घाइते हुनुभएको छ ।
प्रहरीले यही प्रकणमा जोडिएका ताप्लेजुङका दिनश सिग्देल र डडेल्धुराका रमेश फुलारालाई माघ २७ गते पक्राउ गरेको थियो । तर, जोशीले उन्मुक्ति पाएका थिए । जोशी अनेरास्ववियुका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्वअध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै