+

प्रधानमन्त्री र फ्रान्सका राजदूतबीच भेटवार्ता

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालबीच भेटवार्ता भएको छ । उहाँहरुबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता भएको हो । 


भेटवार्तामा उहाँहरुबीच दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्तामा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट