
चितवन । चितवनमा मारिएको हात्तीको न्यायका लागि काठमाडौँमा प्रदर्शन भएको छ । राष्ट्रिय निकुञ्जमा मारिएको जंगली हात्ती ‘मकुना’को हत्या विरोधमा बिहीबार काठमाडौँमा प्रदर्शन गरिएको हो ।
मारिएको हात्तीको न्याय माग्दै पशु कल्याण संघ नेपालले बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परिसरमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा स्नेहा केयर, एनिमल नेपाल लगायका पशु कल्याणमा काम गर्ने संस्था र अन्य पशुअधिकारकर्मीहरूको सहभागिता थियो । प्रदर्शनकारीले मकुना हात्तीको हत्यारालाई कारबाही गर्न माग गरेका छन्।
चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनालाई जसरी मारियो त्यो एकदमै निन्दनीय काम भएको पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठले बताउनुभयो । उहाँले मकुनालाई मार्ने व्यक्तिहरुलाई कारबाही हुनुपर्ने बताउनुभयो।
हात्तीको मृत्युको विषयमा सरकारले छानबिन समिति पनि बनाएको छ । समितिको टोली ‘मकुना’ मारिएको ठाउँ स्थलगत अवलोकन गरी काठमाडौँ फर्किसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै