
तनहुँ । प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव समापन भएको छ । महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेको विश्व जागरण महाअभियान ट्रष्टले दाबी छ ।
माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको महामहोत्सव सकिएको हो । विश्व जागरण महाअभियान ट्रष्ट चितवनको आयोजनामा भएको महामहोत्सवको देवघाटस्थित गलेश्वर आश्रमका पिठाधिश महामण्डलेश्वर १००८ स्वामी आत्मानन्द गिरीजी महाराजले समापन गर्नुभयो । उहाँले देवघाट क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनका लागि महामहोत्सव सफल भएको बताउनुभयो ।
देवघाट मुलुकको महत्वपूर्ण धार्मिक तीर्थस्थल भएकाले यहाँ यज्ञयज्ञादी पर्व आयोजना भइराख्नुपर्नेमा स्वामी आत्मानन्दले जोड दिनुभयो ।
विश्व जागरण महाअभियान ट्रष्टका संरक्षक भागवत् कथा वाचक इश्वरकृष्ण महाराजले भक्तजनको माया, स्नेह र सहयोगले महामहोत्सव एक महिनासम्म सञ्चालन गर्न सहयोग र हौसला मिलेको बताउनुभयो । महामहोत्सवबाट सङ्कलित रकम मातापिता सेवा आश्रम र देवघाट दिव्यधाम निर्माणका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।
इश्वरकृष्ण महाराजको सङ्कल्पमा तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माणाधीन ३ सय ६५ कोठाको मातापिता सेवा आश्रमले पूर्णता दिन र त्यही स्थानमा रहेको देवघाट दिव्यधाम निर्माण गर्न रकम सङ्कलन गर्ने उद्देश्यले महामहोत्सव आयोजना गरिएको हो ।
महामहोत्सव २५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन गरेका विश्व जागरण महाअभियान ट्रष्टले दाबी गरेको छ । महोत्सव अवधिभर २० करोड रुपैयाँ भन्दा बढी रकम सङ्कलन भएको जनाउँदै आम्दानी र खर्च यथाशीघ्र पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने इश्वरकृष्ण महाराजले उल्लेख गर्नुभयो ।
तीन सय ६५ कोठासहितको संरचनामा वृद्धवृद्धा र असहायका लागि दीर्घकालीन आवासीय सुविधा प्रदान गर्ने उद्देश्यले मातापिता सेवा आश्रम निर्माणाधीन छ ।
महामहोत्सवमा सङ्घीय सरकारका मन्त्री, गण्डकी तथा बागमती प्रदेश सरकारका मन्त्रीहरू, प्रमुख राजनीतिक दलका सभापति तथा वरिष्ठ नेताहरू, प्रतिनिधिसभा, राष्ट्रियसभा तथा प्रदेशसभाका सांसदहरू, विभिन्न उच्च पदस्थ प्रशासक तथा व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
महामहोत्सवमा देवी प्रतिभा, अनुराधा पाण्डे, ओमप्रकाश सुवेदी, यशोदा माता लगायत लोकप्रिय कथा वाचकले कथा वाचन गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पार्टीको सदस्यता त्याग्न शिक्षकहरूलाई पूर्व शिक्षामन्त्री सुमनाको आग्रह
- लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन कांग्रेसको माग
- कांग्रेसका महामन्त्री थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
- आन्दोलनमा सरकारले घुसपैठ गरायो : महासंघ
- मेरो बेडरुमसम्म बिचौलियाको पहुँच छ भन्नेहरुले प्रमाणित गर्न सक्छन् ? : प्रधानमन्त्री
- सप्तरीमा बस दुर्घटना, २ जनाको मृत्यु
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा