+

फेरि २ हजार ३ सयले बढ्यो सुन, तोलाको कति ?

काठमाडौँ । सुनको भाउ अघिल्लो कारोबारको तुलनामा आज फेरि बढेको छ । सुनको मूल्य बिहीबार तोलामा २ हजार  ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६९ हजार ८ सय रुपैयाँ पुगेको छ । छापावाल सुन बुधबार प्रतितोला एक लाख ६७ हजार ५ सय रुपैयाँ थियो । 
 
आज चाँदीको मूल्य समेत तोलामा ३५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार चाँदी प्रतितोला १ हजार९ सय ६५ रुपैयाँ भएको छ । चाँदी अघिल्लो दिन प्रतितोला  १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।
 
हाल अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔस २ हजार ९ सय २१ अमेरिकन डलर आसपारमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा हुने घटबढका कारण यहाँको बजारमूल्य प्रभावित हुने गरेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट