
इलाम । इलामको सूर्योदय नगरपालिका–११ सुन्तलेका ५१ वर्षीय धनराज राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले राईकै छोरा–बुहारीसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनराजका २९ वर्षीय छोरा एडवड राई, बुहारी मालती तामाङ (राई) सहित रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रकाउ परेका अन्य ४ जनामा २४ वर्षीय छिमेकी नवीनकुमार राई, २६ वर्षीय निसान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेको इलामका प्रहरी प्रमुख एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
धनराजको शव माघ २८ गते आफ्नै घरको भुइतलामा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । सोमबार साँझ पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट मंगलबार ८ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै