
काठमाडौँ । स्थानीय तह पुर्नसंरचनापछि मुलुकको विभिन्न नगरपालिका र गाउँपालिकाले आफ्नो भवन निर्माणलाई प्राथमिकता दिएका छन् । जनताले करबाट उठेको पैसा यतिखेर नगरपालिका, गाउँपालिका र वडा कार्यालय भवन निर्माणमा खर्च भइरहेको छ ।
मुलुकमा यतिखेर नगरपालिका, गाउँपालिका र वडा कार्यालयबीच कस्ले सबै भन्दा राम्रो अर्थात् महंगो कार्यालय भवन बनाउने ? भन्ने प्रतिस्पर्धा नै चलेको छ । यही क्रममा रुकुमपश्चिम स्थित त्रिवेणी गाउँपालिकाले ८ करोड ६९ लाख १८ हजार १सय १९ को लागतमा कार्यालय भवन बनाएको छ । गाउँपालिकाले निकै महंगो लागतमा २८ कोठे पक्की भवन निर्माण गरेकोहो ।
विसं २०७९ माघदेखि निर्माण शुरु भएको भवन यसै महिना बनेको हो । रङ रोगन लगायत सम्पूर्ण काम पूरा गरी निर्माण कम्पनीले पालिकालाई भवन हस्तान्तरण गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारीका अनुसार निर्माण कम्पनीलाई ७ करोड ५९ लाख ६२ हजार ६ सय ८५ रुपैयाँँ भुक्तानी भइसकेको छ । तीनतले भवनबाट पालिकाले सेवा प्रवाह पनि प्रारम्भ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै