
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गिरीबन्धु टी स्टेट्स सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । गिरीबन्धु टी स्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारवाही हुनुपर्ने मागसहित प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता भएको हो ।
प्रधानमन्त्री ओलीविरुद्ध गिरीबन्धु प्रकरणमा अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दा दर्ता गराउनु भएको हो। अधिवक्ता अर्यालले सर्वोच्चको संवैधानिक इजलासबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयन नभएको र फैसला कार्यान्वयनमा उल्टै अवरोध भएको दाबीसहित प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको निवेदन दर्ता गराउनु भएको हो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले २०८० साल माघ २४ गते गिरीबन्धु सम्बन्धी मुद्दाको फैसला गरेको थियो । त्यतिबेला सर्वोच्च अदालतले जग्गासँग सम्बन्धित तीनवटा आदेश जारी गरेको छ ।
पहिलो, सर्वोच्चले त्यतिबेला हदबन्दी छुटमा दिइएको जग्गाको उपयोगको अवस्था पत्ता लगाउनु भनेको छ । अनि खाली राखिएको अवस्थाको जग्गा पहिचान गर्नु भनेको छ । दोस्रो, प्रयोग नभएको वा अन्य प्रयोजनमा उपयोग भएको जग्गा तत्काल सरकारको नाममा ल्याउन भनी आदेश गरेको छ ।
तेस्रो, हदबन्दीभन्दा बढी देखिएको र चिया उद्योगको नाममा उपयोग नभएको गिरीबन्धुको जग्गा सरकारको नाममा ल्याउनु भनी आदेश दिएको छ । फैसलाको पूर्णपाठ ५ असार, २०८१ मा महान्यायाधीवक्ता कार्यालयमा पुगेको थियो भने चार दिनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता भएको थियो ।
त्यतिबेला पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुहुन्थ्यो । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय भने बलराम अधिकारीले नै सम्हाल्नु भएको थियो । असार ३१ गतेपछि केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ कम्तिमा सात महिनादेखि फैसला कार्यान्वयनका अवरोध गरेको अधिवक्ता अर्यालको जिकिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै