+

ओली एमालेको नेतृत्वमा रहेसम्म वामपन्थी एकता सम्भव छैन : प्रचण्ड

काठमाडौँ ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली एमालेको नेतृत्वमा रहेसम्म वामपन्थी एकता सम्भव नरहेको बताउनुभएको छ । 


आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीकै कारण वामपन्थी एकता सम्भव नभएको धारणा राख्नुभयो । 


"एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिस्ट एकता, वामपन्थी एकता सम्भव छैन," अध्यक्ष प्रचण्डले भन्नुभयो । त्यस्तै उहाँले अहिले सरकार ढाल्ने वा नयाँ सरकार गठन गर्ने बिषयमा आफूहरूको ध्यान नरहेको दाबी समेत गर्नुभयो । 

प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताका लागि दुई पटक संसद्‍मा संविधान संशोधनको प्रस्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकेको दाबी गर्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट