
तनहुँ । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण भएपछि आवतजावत जोखिम बनेको छ । झोलुङ्गे जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् ।
त्यो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताउनुभयो । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।’
देवघाट जान हाल त्यो झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् । देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ ।
देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले त्यो पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताउनुभयो । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै