
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई एक एक/लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै ललितकुमार केसी र शीतल राई जनही १ १ लाख धरौटी बुझाएर छुटेका छन् भने महानन्द जैसी भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।
उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेटबाहिर त्रिपाठीमाथि आक्रमण गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै