
काठमाडौँ । नेपाल भ्रमणमा रहनुभएका संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफी बिहीबार ललितपुरको गोदावारीस्थित राष्ट्रिय वनस्पति उद्यानमा ‘सुन चाँप’को बिरुवा रोप्नु भएको छ ।
वृक्षरोपणका लागि गोदावारीमा रहेको राष्ट्रिय वनस्पति उद्यान पुग्नुभएका अधिराजकुमार एड्वर्डले सावलले खाडल खन्नुभयो र ‘सुन चाँप’को बिरुवा रोप्नुभयो। सो बिरुवालाई अधिराजकुमारी सोफीले हजारीको सहायतामा सिंचित गर्नुभयो।
बेलायतका महारानी ऐेलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही स्थानमा ‘पुँवाले’को दुईटा बिरुवा रोपण गर्नुभएको थियो ।
निजी भ्रमणका क्रममा नेपाल आउनुभएका अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफी विगत तीन दिन देखि विभिन्न सामाजिक एवं परोपकारी क्रियाकलापमा सहभागी हुँदै आउनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै