
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले संसद्मा दर्ता भएको सामाजिक सञ्जाल विधेयकको चौतर्फि विरोध भएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद श्रेष्ठले सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।
‘हिजोबाट सामाजिक सञ्जालमा प्रोटेस्ट शुरु भएको छ । सरकारले दर्ता गरेको सामाजिक सञ्जाल विधेयकबारे आवाज शुरु भएको छ,’ बैठकमा उहाँले भन्नुभयो, ‘यो आवाजलाई सरकारले सुन्छ ? यो आवाज उठाउँदै गर्दा सरकारको ध्यानाकर्षण गराउँछु ।’
‘पेलेरै यो सदनबाट विधेयक पारित हुन्छ भन्ने हामीले देखेका पनि छौं । कन्टेन्ट क्रियसन भनेको के हो ? सोसल मिडियाका सामान्य कुराहरू पनि नबुझेर सरकारले यो विधेयक ल्याएको छ,’ उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा युवाको मुख थुन्न खोजेको हो भने त्यसले दुर्घटना निम्त्याउने उहाँको तर्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै