
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार आफै ढल्ने बताउनु भएको छ । नेकपामाओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका दाहालले बिहीबार प्रतिनिधिसभा बैठकमा आफू सरकार ढाल्ने खेलमा नलागेको तर सरकार आफ्नै तौलका कारण ढल्ने ठोकुवा समेत गर्नुभएको छ।
‘सरकार म ढाल्दिन र सरकार ढाल्ने खेलमा पनि छैन, यो सरकार आफ्नै कारणले आफ्नै तौल धान्न नसकेर ढल्नेछ’ उहाँले भन्नुभयो सत्तारुढ गठबन्धनबीच यदि राम्रो सहमति छ भने दिनहुँ जसो प्रधानमन्त्रीले किन म फलानो दिन, फलानो मितिमा कांग्रेसलाई सत्ता छोड्छु भनेर भनिरहनु पर्थ्यो ? भन्दै वर्तमान सत्ता गठबन्धनभित्र चरम अविश्वास रहेकाले सरकार ढल्छ ।’
अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली संसदमा उनुपस्थित भएकोमा आक्रोश व्यक्त गर्नुभयो । ‘प्रधानमन्त्री खोई ? मेरो कुरा सुन्न आउनु पर्दैन’ उहाँले भन्नुभयो ।
कुनै पनि चुनावमा गठबन्धन नगर्ने भन्ने कांग्रेसको निर्णय व्यर्थ रहेको पूर्वप्रधानमन्त्री दाहालको भनाई छ । ‘नेपाली कांग्रेसका कार्यकर्ताले रुख बाहेक अन्य चुनाव चिन्हमा भोट हाल्दैनन् भन्ने साथीहरुले गएको स्थानीय निर्वाचनको उपचुनावमा चुनाव चिन्नै भाडामा दिनुभयो नि ? तपाईहरुलाई गठबन्धन गर्दैनौं भन्न अलिकति अप्ठ्यारो लाग्दैन ? उहाँले थप्नुभयो– स्थानीय तहको उपनिर्वाचनमा दुई ठूला दलले गठबन्धन गरेर आफ्नो चुनाव चिन्नै एक अर्का दललाई भाडामा दिएको छ ।’
गएको स्थानीय तह उपनिर्वाचनमा कांग्रेस र एमाले गठबन्धन गर्दा पनि माओवादीलाई परास्त गर्न नसकेएको दाहालको टिप्पणी छ । उहाँले जनतामा अहिले माओवादीप्रति फेरि लहर आएको उल्लेख गर्दै यो उभार आगामी ८४ सालको निर्वाचनमा अझ फैलिने र माओवादी केन्द्र सबैभन्दा ठूलो दलका रुपमा स्थापित हुने दाबी समेत गर्नुभयो ।
आम जनताको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने उद्देश्यले सामाजिक सञ्जाल प्रयोग नियमन र सञ्चालन सम्बन्धी विधेयक ल्याएको भन्दै प्रचण्डले त्यो विधेयक पास हुन नदिने दाबी समेत गर्नुभयो ।
विगतमा कांग्रेसले सामाजिक सञ्जाल विधेयकको विरोध गरेको स्मरण गर्दै प्रचण्डले कांग्रेसले एमालेसँग सत्ता सहकार्य मात्र गरेको हो वा राजनीतिक दृष्टिकोण नै परिवर्तन गरेको हो भन्दै कटाक्ष गर्नुभयो ।
संसदको पहिलो बैठकलाई सम्बोधन नगर्नुभएका प्रचण्डले आजको बैठकलाई भने शुरुमै सम्बोधन गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै