
पर्सा । पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले चुहावट बढेको जनाएको छ ।
कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ६८ करोड ७३ लाख रुपैया मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित ८ वटा मुद्दा दर्ता गरेको छ ।
कार्यालयले गत आर्थिक वर्षको त्यही अवधिमा ५४ लाख मागदाबीसहित राजस्व चुहावटसँग सम्बन्धित एउटा मुद्दा दर्ता गरेको थियो । कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले गत आवको ६ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा राजस्व चुहावटसम्बन्धी मागदाबी रकम र मुद्दा सङ्ख्या उल्लेखनीय रुपमा वृद्धि भएको बताउनुभयो ।
कार्यालयले चालु आवको ६ महिनामा चुहावट धरौटी रकम दुई करोड ९८ लाख रुपैयाँ सङ्कलन गरेको छ । गत आवको त्यहीे अवधिमा एक करोड ५२ लाख रुपैयाँ धरौटी राज्य कोषमा दाखिला भएको थियो ।
साथै गत आवको ६ महिनाको तुलनामा चालु आवको त्यही अवधिमा भिसिटीएस जरिवाना रकम पनि १२ लाख ४३ हजार रुपैयाँ बढी सङ्कलन भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै