
चितवन । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्जको सुरक्षार्थ खटिएको नयाँ गोरखगण गुल्मको टोलीमाथि जाइलागेपछि मकुनालाई गोली प्रहार गरिएको थियो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार बुधबार दिउँसो गस्ती टोलीले हात्ती स्विप गर्दै जाँदा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा अकस्मात मकुनासँग भेट भएको थियो।
उसले घरपालुवा हात्ती चुरेगजलाई आक्रमण गर्न लागेपछि अन्य विकल्प नभएकाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्मरक्षाका लागि टोलीले २ राउन्ड हवाइ फायर गरेको थियो।
चेतावनी स्वरुप हवाइ फायर गर्दा पनि मकुना भागेन। ऊ थप आक्रामक बन्दै खगेन्द्रप्रसाद नामको सानो हात्तीमाथि जाइलाग्यो। खगेन्द्रप्रसादमा सवार रेजर श्याम तामाङ भुइँमा खसेपछि उहाँको सुरक्षा गर्न टोलीले मकुनालाई ३ राउन्ड गोली हानेको थियो । गोली हानेपछि मकुना केही पर भाग्यो। अनि फेरि फर्किएर आक्रमण गर्न आयो। त्यसपछि टोलीले अर्को एक राउन्ड गोली प्रहार गरेको थियो।
गोली लागेपछि भागेको माकुनाको खोजी गर्दै जाँदा करिब एक किलोमिटर पर ढलेको अवस्थामा भेटिएको थियो ।
मकुना गत असोजदेखि सौराहा क्षेत्रमा देखिन थालेको थियो। जंगलमा भन्दा बस्तीतर्फ बढी देखिन थालेपछि उसलाई कोर क्षेत्रमा पठाउन निकुञ्जले प्रयास गरिरहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै