
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सङ्गठित अपराध सम्बन्धी कसुरमा अभियोजन गर्नबाट उन्मुक्ति दिएको भन्दै्र जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेललाई काठमाडौँ तानिएको छ ।
चितवनको सहारा सहकारी ठगी प्रकरणमा मङ्गलवार जिल्ला सरकारी वकिल कार्यालयले रविसहित १५ जनाविरुद्ध अभियोजन गरेको थियो। अन्यलाई सङ्गठित अपराधमा पनि अभियोजन गर्दा रविलाई भने सहकारी ठगी कसुरमा मात्रै अभियोजन गरिएको छ।
त्यसपछि महान्यायाधिवक्ताको कार्यालयले मङ्गलवार साँझ नै लुइँटेललाई काठमाडौँ तान्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ता कार्यालयले मङ्गलवार साँझ नै छानबिन समिति समेत गठन गरेको जनाएको छ।
‘नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन भएको छ,’ महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले भन्नुभयो, ‘समितिलाई यथासक्दो चाँडो छानबिन गरेर प्रारम्भिक प्रतिवेदन बुझाउने कार्यादेश छ।’ समितिले चितवन अदालतमा भएको अभियोजन अध्ययन गरेर छानबिन गर्ने कार्यादेश रहेको दाहालले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै