
काठमाडौँ । अमेरिकाले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गर्ने घोषणा गरेको छ । अमेरिकाको ‘सरकारी दक्षता विभाग’ का निर्देशक इलन मस्कले आफू र राष्ट्रपति ट्रम्पले ‘यूएसएआईडी’ बन्द गर्न लागेको घोषणा गर्नुभएको हो ।
मस्कले सोमबार आफ्नै सामाजिक सञ्जाल ‘एक्स’ द्वारा आयोजित एक कार्यक्रममा बोल्दै यूएसएआईडी बन्द गर्ने विषयमा राष्ट्रपतिसँग विस्तृत कुराकानी भएको बताउनुभयो । ‘हामीले यसलाई बन्द गर्नुपर्छ भन्ने विषयमा राष्ट्रपति सहमत हुनुहुन्छ,’ मस्कले भन्नुभयो ।
यूएसएआईडी सुधार्नै नसक्ने अवस्थामा पुगेको मस्कको दाबी छ । ‘यो एउटा किरा लागेको स्याउ मात्र होइन, किरैकिरा लागेको डल्लो मात्र हो भन्ने प्रस्ट भइसक्यो,’ मस्कले भन्नुभयो , ‘हामीले सम्पूर्ण चिजबाट छुटकारा पाउनुपर्छ । यो सुधार्नै नसक्ने अवस्थामा छ । हामी यसलाई बन्द गर्दै छौं । यूएसएआईडी बन्द गर्ने प्रक्रियामा छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै