
पाल्पा । यसवर्ष पाल्पामा ९ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
गत वर्ष ८ हजार ८ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक ३ सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
यस वर्ष ् ५२ करोड ७६ लाख ८४ हजार रुपैयाँ बराबरको सुन्तला बिक्री भएको केन्द्रका प्रमुख सन्तोषकुमार चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष रु ४६ करोड सात लाख ७२ हजार रुपैयाँको सुन्तला बिक्री भएको थियो । ६ करोड ६९ लाख १२ हजार रुपैयाँ बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको छ ।
‘सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि पछिल्लो समय यहाँका किसान व्यावसायिक उत्पादनमा लाग्नुभएको छ, अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन क्षेत्र बढेको छ, बजारीकरण सहज भएको छ’ उहाँले भन्नुभयो ।
रैनादेवीछहरा गाउँपालिकामा ४ सय ५२ हेक्टर क्षेत्रफलमा ३ हजार ६ सय ३९ मेट्रिक टन, रिब्दिकोटमा ३ सय ९६ क्षेत्रफलमा ३ हजार १क सय ८४ मेट्रिक टन, बगनासकालीमा १ सय १३ हेक्टरमा ९ सय १० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७ सय २८ मेट्रिक टन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५ सय ४६ मेट्रिक टन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिक टन सुन्तला उत्पादन भएको छ ।
जिल्लामा सुन्तला उत्पादनका लागि एक हजार एक सय ९६ हेक्टर क्षेत्रफल रहेता पनि एक हजार एक सय ३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो । जिल्लाका दश पालिकामध्ये ६ पालिकामा व्यावसायिक हिसाबले सुन्तला हुने गरेको छ ।
अन्नबालीको तुलनामा सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानले व्यावसायिक उत्पादनमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै