
काठमाडौँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्धको मुद्दा चितवन जिल्ला अदालतमा भोलि मात्र दर्ता हुने भएको छ ।
लामिछानेसहित १४ जनाविरुद्धको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्धको अदालतमा आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको थियो । तर, वकिलहरूको कार्यव्यस्तताले मुद्दा भोलिमात्रै दर्ता हुने भएको हो ।
सरकारी वकिल कार्यालयले लामिछानेसहित १४ जना र अन्य ६ संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गर्ने तयारी गरेको हो । जिल्ला अदालत र सरकारी वकिल कार्यालयका वकिलहरू सोमबार सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँलसहितको उपस्थितिमा चितवनमा आयोजित कार्यक्रममा सहभागी हुनुभएको छ । त्यही कारण आज दर्ता गर्ने भनिएको त्यो मुद्दा भोलिलाई सारिएको हो।
सरकारी वकिल कार्यालयले प्रहरीले पठाएको अनुसन्धान प्रतिवदेन र तिनका प्रमाणहरुको आधारमा लामिछानेसहित १४ जनाविरुद्ध मुद्दा दर्ता गर्न लागेको हो । प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
पूर्वगृहमन्त्री लामिछाने सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर छुटेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै