
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ ।
श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा आज आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्रीले विकासका पूर्वाधार बनाएर र आधुनिक गुणस्तरीय शिक्षा दिएर युवालाई विश्व बजारको प्रतिस्पर्धी बनाउने सङ्कल्प पनि गर्नुभयो ।
‘विदेशमा गएर नेपाली युवाले अरूका देश बनाएका छन् । अब हामीले आफ्नै देश बनाउन ध्यान दिनुपर्छ । हामीसँग एक करोड युवा अहिले पनि स्वदेशभित्रै छन् । त्यसैले अब हामी हाम्रो देश बनाउँछौँ’ विद्यार्थीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भन्नुभयो– ‘यस देशबाट गरिबी समाप्त पार्नुपर्छ । देशको स्वाधीनताको झन्डा झुक्न दिन हुँदैन र देशलाई समृद्ध नेपाल बनाउनुपर्छ ।’
प्रधानमन्त्रीले ज्ञानभूमि र तपोभूमिका साथै पुर्खाको गौरवगाथाले भरिएको नेपाल कहिल्यै कुनै पनि देशको अधीनमा बस्नु नपरेको स्मरण गराउँदै विद्यार्थीलाई देशभक्तिलाई शिरमा बोकेर इमानदार बनेमा सफलतामा पुग्न सकिने सुझाव दिनुभयो । उहाँले विद्यार्थी अरूको बहकावमा लाग्न नहुने र असल नेपाली संस्कारलाई पछ्याउनुपर्नेमा जोड दिँदै युवाका लागि स्वदेशमै अवसरको सृजना गर्न सरकारले विशेष ध्यान दिइरहेको जनाउनुभयो ।
नेपाल र चीनबीचको सम्बन्धबारे एक विद्यार्थीको प्रश्नमा प्रधानमन्त्रीले नेपालले चीन, भारत लगायत विभिन्न देशसँग मित्रवत् सम्बन्ध राख्दै आएको बताउँदै हालैको औपचारिक चीन भ्रमणका क्रममा ‘बेल्ट एन्ड रोड इनिसियटिभको फ्रेमवर्क’ मा सम्झौता लगायत विभिन्न सहकार्य विस्तार भएको बताउनुभयो ।
नेपालको भलाइका लागि तपाईंले देखेको सबैभन्दा ठूलो सपना के हो ? भन्ने प्रश्नको जवाफमा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नै आफ्ने ठूलो सपना भएको स्पष्ट गर्नुभयो ।
प्रधानमन्त्री समक्ष विद्यार्थीले उहाँका रूचिका विविध पक्षमा पनि प्रश्न गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै