
काठमाडौँ । संसद अधिवेशन शुरु भएपछि सांसदहरु सरकारले यसबीचमा ल्याएका अध्यादेशको पक्ष र विपक्षमा लागेका छन् । प्रतिपक्ष सांसदहरुले अध्यादेशको चर्को विरोध गरिरहेका छन् भने सत्ता पक्षका सांसदहरु सरकारको निर्णयको बचाउमा लागेका छन् ।
प्रतिनिधिसभादेखि राष्ट्रियसभासम्मका सांसदहरुमा सम्म यही प्रवृति देखिएको छ । तर राष्ट्रियसभाका एक सांसदले भने अध्यादेशको न बचाउ गर्नुभएको छ, नत विरोध नै । उहाँहरु हुन्छ पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम । नेकपाकालमा एमाले पक्षबाट राष्ट्रियसभा सदस्यमा मनोनित हुनुभएका पूर्वउपप्रधानमन्त्री पछिल्लो समय पार्टीको हिसाबले यता न उताको बन्नुभएको छ । एमालेमै फर्कने इच्छा भए पनि नेतृत्वले अल्मल्याएपछि उहाँ यता न उताको बन्नुभएको हो ।
अहिले अध्यादेशको सवालमा पनि पूर्वउपप्रधानमन्त्री गौतमले यता न उताको अवस्था हुनुहुन्छ । आइतबार राष्ट्रियसभा बैठकमा सम्बोधन गर्ने क्रममा पूर्वउपप्रधानमन्त्री गौतमले राजनीतिक माहोल अहिले अध्यादेशले तातेको तर त्यसको राप आफू. नपरेको आशयको धारणा व्यक्त गर्नुभएको छ । अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएको पूर्वउपप्रधानमन्त्री गौतमको भनाई छ ।
‘अहिले केही समयदेखि अध्यादेश राजनीतिक माहोल बनेको छ । म अध्यादेश पक्षधर पनि होइन, विपक्षमा पनि लागेको छैन । यसको सैद्धान्तिक थाहा छ’ उहाँले भन्नुभयो ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै शर्त पूरा गर्नुपर्छ ।’
कमयुनिष्टहरुले पछिल्लो समय मुलुकलाई समाजवादतर्फ लैजानुपर्ने तर्क गर्दै आएका छन् । पूर्वउपप्रधानमन्त्री गौतमले देशमा समाजवाद निर्माण गर्न सकिने दाबी समेत गर्नुभएको छ । ‘समाजवाद निर्माण गर्न सकिन्छ । समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु’ उहाँले भन्नुभयो ‘मलाई मृत्युदण्ड दिइयोस् यदी समाजवाद निर्माण हुन सक्दैन भने । वर्ष तोकियोस् । यति वर्ष भित्रमा समाजवाद निर्माण गर्न सकिएन भने म मृत्युदण्डमा जान तयार छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै