
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजनीतिक अस्थिरताको अन्त्य र समुन्नत प्रदेश निर्माण गर्न दुई ठूला दल मिलेर सरकार गठन भएको बताउनुभएको छ ।
उहाँले नागरिकको आवश्यकता र माग पूरा गर्न सरकारले काम गरिरहेको बताउनुभयो । प्रदेशसभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले सरकारले लोकप्रियता नभई आवश्यकताका आधारमा काम गरिरहेको बताउनुभयो । प्रदेश सरकारको काम सरल र सहज बनाउन ‘जिआई ओएमएस सिस्टम’ जडान भएको उल्लेख गर्दै उहाँले प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन गरी निर्णय कार्यान्वयन गर्न अघि बढाइएको उहाँको भनाइ छ।
‘विपदबाट प्रभावित नागरिकका लागि राहत वितरण गरिएको छ भने विपद् प्रभावित क्षेत्रको पुनः निर्माणको कामलाई तीव्रता दिइएको छ’ उहाँले भन्नुभयो– ‘प्रदेश राजधानी र सङ्घीय राजधानीसहित प्रदेशअन्तर्गतको सडक पूर्वाधार पुनः निर्माणको काम भइरहेको छ । प्रदेश सरकारको आयोजना छनौट व्यवस्थित गर्न आयोजना बैङ्क निर्माण गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गर्नेगरी अघि बढाइएको छ ।’
प्रदेश सरकारी कामकाजी भाषा ऐन कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री लामाले बताउनुभयो । सरकारले प्रदेशमा कर्मचारी व्यवस्थापनको कामलाई तीव्रता दिई प्रदेश किताबखानालाई सक्रियतापूर्वक कर्मचारीहरुको तथ्याङ्क अद्यावधिक गर्ने काम गरिरहेको मुख्यमन्त्री लामाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न