
पर्सा । उमेरले ५५ वसन्तपार गरेर बुढ्यौलीले छोएपनि मूर्तिकार बलिराम पण्डितको जोशजाँगर भने कुनै तन्नेरीको भन्दा कम छैन ।
३० वर्षदेखि उहाँका हातले देवदेवताका विभिन्न स्वरुप र आकृति भएका मूर्ति बनाउँदै आएका छन् । यतिबेला उहाँलाई आफ्नो जीवनभरकै सबैभन्दा बढी मूर्ति बनाउने अवसर जुरेको छ ।
वीरगञ्ज महानगरपालिका–१६ बसपार्कभन्दा करिब दुई किलोमिटर दूरीमा अवस्थित विश्रामपुर गाउँपालिका–५ मा आयोजना हुन लागेको श्री श्री १००८ महाशिवरात्री महामहोत्सव महायज्ञ २०८१ मा पण्डित नेतृत्वको टोलीले एक हजार ११ वटा देवदेवताका मूर्ति बनाउने जिम्मेवारी पाएको छ ।
‘३० वर्षदेखि विभिन्न स्वरुप र आकृतिका देवदेवताका प्रतिमा बनाउँदै आइरहेको थिए’ पर्साको विन्दवासिनी गाउँपालिका–५ प्रसौनीभाठ्ठाका पण्डितले भन्नुभयो– ‘पहिलो पटक एक हजार ११ वटा देवदेवताको मूर्ति बनाउने अवसर पाउँदा मनमा छुट्टै उमङ्ग र उत्साह थपिएको छ ।’ उहाँलाई बनाउन १८ जना कालिगड सहयोगीका रूपमा डेढ महिनादेखि खटिरहेका छन् ।
मूर्तिकार पण्डितले एक हजार ११ मध्ये विभिन्न भगवानका लिला समेट्निे खालका मूर्ति तयार पारिने जानकारी दिनुभयो । रामलिला, कृष्णलिला, शिवलिला, ५२ अवतार, सूर्य लिला, कुरुक्षेत्र, हुनमानका लिला, भिष्मपीता, लङ्का लगायत एक हजार ११ मूर्ति तयार पारिने भन्दै पौराणिक कथा तथा ग्रन्थका गतिविधिलाई मूर्तिमा समावेश गर्न लागिएको उहाँले बताउनुभयो ।
मूर्तिकार पण्डितले सामान्यता सानो मूर्तिको एक हजार पाँच सयदेखि पाँच हजार मूल्य पर्ने भन्दै त्यही अनुसार मूर्ति बनाउन लागिएको उल्लेख गर्नुभयो । उहाँले एक हजार ११ मूर्ति बनाउन करिब २५ लाख रुपैयाँ रकम लाग्ने अनुमान गर्नुभयो ।
‘माटोलाई कुदेँर भगवानको आकार बनाउँदा छुट्टै आत्मसन्तुष्टि मिल्छ’ पण्डितले भन्नुभयो– ‘हामी पुस्तौदेखि यही काम गर्दै रमाइरहेका छौँ । यही माटोबाट हुने कलात्मक आकृतिका कारण पाँच जनाको परिवारलाई हाँसीखुसी पाल्दै आइरहेको छु ।’ उहाँले सबै खर्च कटाएर वार्षिक चार लाख रुपैयाँसम्म बचत हुँदै आएको जानकारी दिनुभयो ।
पण्डितले मूर्ति बनाएरै तीन छोरी र दुई छोरालार्ई उच्च शिक्षा दिँदै आइरहेको बताउनुभयो । ‘विगतमा मैलै २१, ५१, एक सय एक, दुई सय एक सङ्ख्यामा मूर्ति बनाएको थिए’ उहाँले भन्नुभयो– ‘यतिधेरै मूर्ति भने पहिलो पटक बनाउन लागेको हुँ ।’
महामहोत्सव महायज्ञ मूल व्यवस्थापन समितिका अनुसार महायज्ञ माघ २४ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । मूल व्यवस्थापन समितिका सदस्य सुमित यादवले महायज्ञमा एक हजार ११ मूर्ति बनाउने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । ‘महायज्ञ सामाजिक कार्य गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो’ उहाँले भन्नुभयो ।
महायज्ञ प्रसारप्रसार समितिका संयोजक राज सर्राफले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । महायज्ञमार्फत सामाजिक कार्य गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न