
काठमाडौँ । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आजदेखि फोटो प्रदर्शनी शुरु भएको छ । ‘नेपाली सेना फोटो तथा वृहत् प्रदर्शनी–२०८१’ शुरु भएको हो ।
महाशिवरात्रि तथा सेना दिवसको सन्दर्भ पारेर आयोजित प्रदर्शनी प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा शुभारम्भ गर्नुभयो । माघ १८ गतेसम्म चल्ने प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने फोटो, हातहतियार र उपकरण राखिएका छन् ।
त्यसका साथै सैनिक पोसाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुद, राष्ट्रिय सेवा दलका साथै सैनिक विद्यालयको विविध प्रस्तुति रहनेछ ।
सैनिक प्रवक्ता सहायक रथी गौरवकुमार केसीले नेपाली सेनाका शान्ति सुरक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विपद् प्रतिकार्य र विश्व शान्तिलगायत विभिन्न युनिट कार्यजिम्मेवारीबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको जानकारी दिनुभएको छ ।
आमनागरिकलाई नेपाली सेनाका विविध गतिविधि नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना हुने प्रदर्शनीमा अवलोकनकर्तालाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रदर्शनीबाट आमनागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीलाई नेपाली सेनाका विभिन्न गतिविधिका बारेमा जानकारी हासिल गर्न सहज हुने विश्वास लिइएको सेनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी