
काठमाडौँ । सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने बढेको छ ।
नेप्से परिसूचक मंगलबार २४ दशमलव ५० अंकले बढेर २ हजार सय ५७ दशमलव ७७ को बिन्दुमा अडिएको छ ।
आज ३ सय २५ कम्पनीको १ करोड ९६ लाख ८० हजार १ सय ९५ कित्ता शेयर, ९५ हजार ९७ पटक खरिदबिक्री हुँदा ९ अर्ब ४० करोड २६ लाख ७८ हजार ३३ रुपैयाँको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह चार दशमलव ०७ प्रतिशतले बढेको छ ।
बैंकिङ शून्य दशमलव २२, वित्त एक दशमलव ८८, होटल तथा पर्यटन शून्य दशमलव ६८, जलविद्युत् एक दशमलव ४९ र लगानी समूह एक प्रतिशतले बढेको छ ।
त्यस्तै, जीवन बीमा शून्य दशमलव ०८, उत्पादन तथा प्रशोधन एक दशमलव २३, लघुवित्त शून्य दशमलव ४८, म्युचुअल फन्ड शून्य दशमलव १२, निर्जीवन बीमा शून्य दशमलव २८, व्यापार शून्य दशमलव २४ र अन्य समूह एक दशमलव ७४ प्रतिशतले बढेको छ ।
चारवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, सिक्लेस हाईड्रोपावर लिमिटेड, थ्रीस्टार हाईड्रोपावर लिमिटेड र जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै घट्नेमा डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा आठ दशमलव ४३ प्रतिशतले कमी आएको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको ३८ करोड २१ लाख ३२ हजार १ सय ८७ रुपैयाको शेयर किनबेच भएको छ ।
सङ्ख्याका आधारमा सबैभन्दा धेरै एनआईसी एसिया ग्रोथ फन्ड–२ को १० लाख ३ हजार ३ सय कित्ता शेयर खरिदबिक्री भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र
- साढे ४ घण्टामा रिहा भए रेशम चौधरी