
मनाङ । देशैभरका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप दिने तयारी तीव्र भइरहेको छ ।
हिमाली जिल्ला मनाङका कक्षा १ देखि १० सम्मका अध्ययनरत एक सय ६ किशोरीलाई एचभिपी खोप लगाइने भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ किशोरीलाई एचभिपी खोप दिइनेछ ।
उहाँले भन्नुभयो– ‘जिल्लाका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।’ मनाङमा माघ १८ गतेदेखि स्वास्थ्यकर्मी तथा खोपकर्ताका लागि तालिम, अभिमुखीकरण गरिने श्रेष्ठले बताउनुभयो ।
कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत (विद्यालय जाने) र १० देखि १४ वर्षसम्मका (विद्यालय नजाने) छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो । चार खोप केन्द्रमार्फत किशोरीलाई एचभिपी खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।
विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न