
तेह्रथुम । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यहाँ निर्मित शहीद धनरुपा स्मृति पार्कको आज उद्घाटन गर्नुभएको छ ।
लालीगुराँस नगरपालिका–७ र ९ को सङ्गमस्थलमा रहेको लसुने बजारमा निर्माण गरिएको पार्कको उद्घाटन गर्दै प्रचण्डले भन्नुभयो– ‘मुलुकको प्रगति र परिवर्तनका लागि आफ्नो जीवन अर्पण गर्ने शहीदहरु अमर हुन्छन्, समाजको उत्थानको निम्ति, जनताको हकअधिकारको निम्ति बलिदान दिने सहिदहरु कुनै पार्टी विशेषको मात्र नभइ आम जनताका सम्मानका पात्र हुुनुहुन्छ ।’
दस वर्षसम्म नेपाली आमाबाबुका सन्तानले युद्ध लडेको र बलिदान दिएको स्मरण गर्दै अध्यक्ष दाहालले त्यसको नेतृत्व गर्ने आफूले अवसर पाएको बताउनुभयो ।
धनरुपा स्मृति प्रतिष्ठानले आयोजना गरेको पार्क उद्घाटन कार्यक्रममा तत्कालीन समयमा माओवादीले गरेको सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका तेह्रथुम र धनकुटाका २४ शहीद परिवारलाई अभिनन्दन गरिएको थियो । पार्कमा लालीगुराँस नगरपालिकाका छ जनाको अर्धकदको शालिक निर्माण गरिएको प्रष्ठिानका अध्यक्ष टेकबहादुर केप्छाकी मगरले बताउनुभयो ।
पार्कमा धनरुपा कार्की, हर्कबहादुर तिवारी, छत्रमाया थाम्देन, दिलु थाम्देन, तिलबहादुर सोदेम्बा र विजय गुरुङको शालिक निर्माण गरिएका छन् । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयको ३ करोड लागतमा पार्क निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष केप्छाकीले बताउनुभयो ।
नेपाली सेनाको हेलिकप्टरमार्फत आज बिहान नेता वर्षमान पुनका साथ अध्यक्ष दाहाल यहाँ आउनुभएको थियो । तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य तथा माओवादी केन्द्रका नेता दुर्गाप्रसाद चापागाईका अनुसार अध्यक्ष दाहालले आजै आठराई गाउँपालिका–३ ह्वाकुस्थित शहीद स्मृति पार्कको उद्घाटन र शान्ति सङ्ग्रहालयको शिलान्यास गर्नुहुनेछ ।
उहाँ माघ १५ गते आठराई गाउँपालिका–६ चुहानडाँडास्थित स्वर्गीय भक्तराज कन्दङवाको शालिक अनावरणपछि पार्टीको जिल्ला स्तरीय राजनीतिक प्रशिक्षणमा सहभागी हुनुहुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र