
चितवन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि सरकारले ‘प्याकेज’मा कार्यक्रम ल्याउने बताउनुभएको छ ।
टिकौली मध्यवर्ती सामुदायिक वनको आठौँ साधारणसभालाई आज सम्बोधन गर्दै उहाँले समस्या समाधान गर्न विशेष प्याकेज र समस्या समाधानका लागि समिति बनाउने तयारी मन्त्रालयले गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘मध्यवर्ती क्षेत्रको समस्या समाधानका लागि कार्यदल बनाएर काम भइरहेको छ ।’ वन्यजन्तु विभाग तथा वन ऐनको नियमावली संशोधनका लागि सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । नेपालको वन र पर्यटन एकआपसमा जोडिएको बताउँदै उहाँले यसमा देखिएका समस्या समाधानका लागि सरकार लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पर्यटन र वन एकापसमा जोडिएको छ । निकुञ्जसँगको समस्या समाधानका लागि ऐन संशोधनको तयारी हुँदैछ ।’
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य कृष्ण खनाल, नेकपा माओवादी नेत्री कञ्चन खनाल, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्त, शून्य चोरीसिकारी अभियानका अध्यक्ष वसन्त राना, वनका अध्यक्ष बुद्धिसेन चौधरीलगायतको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव
- जसपा नेत्रृ यादवले पेस्तोल पड्काउँदै नाचेको भिडियो भाइरल
- खराब मौसमका कारण मन्थली-लुक्ला उडान अवरुद्ध
- श्रमिकको पसिनाले देश अगाडि बढेको छः प्रधानमन्त्री
- आज देशभर बर्षाको पूर्वानुमान
- आज अन्तरराष्ट्रिय श्रमिक दिवस
- सरकार र शिक्षकबीचको ९ बुँदे सहमति, आन्दोलन स्थगीत
- एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई बुझायो विभिन्न मागसहितको ज्ञापन पत्र