
जनकपुर । मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका ‘ड्राइभर’को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । भौतिक पूर्वाधार मन्त्रालय मधेस प्रदेशका चालक देवेन्द्र यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।
चालक यादवको जनकपुरधामस्थित मधेस भवन अगाडि आज मोटरसाइकल दुर्घटना हुँदा जीवन गुमेको जिल्ला प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनुभएको छ । प्रहरी प्रवक्ता सिंहका अनुसार यादव कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते यादवलाई प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन् ।
यादव सवार ज १ ब ७५५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेशको २–०२–००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न