
काठमाडौँ । १४ देशका १ सय १९ जना कलाकारले बनाएका कला सिर्जना समावेश गरी ‘नेपाल आर्ट एक्स्पो’ शुरु भएको छ ।
नेपाल कला परिषद् बबरमहलमा आयोजित एक्स्पोका माध्यमबाट विभिन्न देशबीचको कला, संस्कृति आदानप्रदान हुने र कलाकारले सिक्ने अवसर पाउने नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो । एक्स्पो आगामी चार दिनसम्म जारी रहने छ ।
एनएसजी इन्टरनेसनल आर्टिस्ट ग्रुपले आयोजना गरेको एक्स्पोमा ७० जना नेपाली कलाकार छन् । एक्स्पोमा बङ्गलादेश, भारत, फ्रान्स, बेलायत, मलेसिया, इन्डोनेसिया, मेक्सिको, अर्जेन्टिना, उज्वेकिस्तान, पोल्याण्ड, चेक गणतन्त्र, टर्की र अस्ट्रियाका कलाकार र उनीहरूका कलाकृति समावेश छन् ।
एक्स्पोअन्तर्गत आज परम्परागत नेपाली चित्रकलासम्बन्धी कार्यशाला हुनेछ । अन्तर्राष्ट्रिय कलाबारे जान्न कार्यशाला नेपाली कलाकारका उपयोगी हुने विश्वास एक्स्पोका नेपाल प्रतिनिधि सुष्मा श्रेष्ठले व्यक्त गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न