
कास्की। पोखरामा आईतबार साँझ कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका—२५ हेम्जा निवासी २३ वर्षीया अनिशा खड्का र पोखरा—५ बस्ने २४ वर्षीया भावना बराल हुनुहुन्छ ।
पृथ्वीराजमार्गस्थित पोखरा—२६ सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेका बी एए ००४१ नंको निजी कारले विपरीत दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर घाइते दुवै जनालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकामा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
प्रहरीले कार चालक अर्घौं निवासी मानबहादुर बानियाँ र कारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न