
काठमाडौँ । पत्रकार प्रदीप पोखरेलले निर्देशन गरेको डकुमेन्ट्री फिल्म स्नो लियोपार्टले मेक्सिकोमा सम्पन्न भएको वाइल्डलाइफ कन्जरभेसन फिल्म फेस्टिभलमा अनरेवल मेनसन अवार्ड जितेको छ ।
फिल्म फेस्टिभल अक्टोर २४ देखि २७ सम्म ४ दिन भएको थियो । फिल्म फेस्टिभलमा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रिया, फ्रान्स, रुस, मेक्सिको, नेदरल्याण्ड, अस्टे«लिया, नर्वे, स्पेन, जर्मनी, भारत, पाकिस्तान, थाइल्याण्ड लगायत जर्दनौ देशका सयौं फिल्मले प्रतिस्पर्धा गरेका थिए । सबै फिल्म तथा डकुमेन्ट्रीहरु बन्यजन्तु संरक्षण सम्वन्धी कथामा आधारित थिए ।
प्रदीपको यस डकुमेन्ट्रीमा नेपाली संरक्षणकर्मी डा सोम आलेले नेपालको हिउँचितुवाको संरक्षण कार्यमा गरेको संघर्ष देखाइएको छ । संरक्षणकर्मी डा आले तनहुँका बासिन्दा हुन् । तीन दशक अगाडिसम्म मनाङमा हिउँचितुवा संरक्षणमा खासै चासो देखाइदैनथ्यो । घरपालुवा जनावर याक, चौंरी, घोडा, भेडा, च्याङ्ग्रालाई हिउँचितुवाले आक्रमण गरेपछि किसानहरुले त्यसको ज्यानै लिइदिन्थे । हिउँचितुवा मार्नेलाई खादा लगाएर सम्मानका साथ घोडा चढाएर सात गाउँ घुमाइन्थ्यो । सन् १९९३ मा सोम आले संरक्षणकर्मीका रुपमा मनाङ पुगेपछि उनले हिउँचितुवा संरक्षण सम्वन्धी अभियान चलाए । गाउँलेलाई उनको अभियान कत्ति पनि मन परेन । स्थानीय किसानले प्रश्न गर्न थाले, ‘हाम्रो पशु मार्नेलाई किन जोगाउने ?’ गाउँलेलाई हिउँचितुवाको महत्व बुझाउन बर्षौै लाग्यो । मनाङीहरुले उनको नाम मनाङी भाषामा पाङ्चे राखिदिए । पाङ्चेको नेपाली अर्थ हिउँचितुवा हो ।
उनको अभियान मनाङमा मात्र सिमित रहेन । मुस्ताङ, उपल्लो डोल्पा, सगरमाथा क्षेत्र, गोरखाको मनास्लु क्षेत्र सम्म फैलियो । विभिन्न जिल्लाका बिद्यालयहरुमा हिउँचितुवा संरक्षण शिक्षा संचालन गरियो । बिद्यार्थीहरुलाई फिल्ड लगेर हिउँचितुवा संरक्षण सम्वन्धी आउटडोर क्लास संचालन गर्ने र हिउँचितुवा स्काउट गठन गर्ने कामहरु भए । डकुमेन्टी निर्देशक प्रदीपका अनुसार यस कार्यले सार्थकता पाउन थालेपछि हिउँचितुवा संरक्षण कार्यले सार्थकता पाएको हो । यही कुरा नै यस डकुमेन्ट्रीमा कलात्मक पाराले देखाइएको छ ।
हिउँचितुवा संरक्षणको लागि सेभिङ एण्ड क्रेडिट संचालन गरिएको छ । पाङ्चे फाउन्डेसनले मनाङ, डोल्पा, गोरखामा गठन भएका हिउँचितुवा संरक्षण समितिलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । विगतमा हिउँचितुवा संरक्षणको विरोधमा लाग्नेहरु नै अचेल संरक्षणमा लागेका छन् । हिउँचितुवाको संख्या पनि बढ्न थालेको छ । यसले हिमाली भेगका किसान झन् कर्मामा परेका छन् । डकुमेन्ट्रीको चुरो कुरो यही हो ।
यस अगाडि निर्देशक प्रदीपका दर्जनौ डकुमेन्ट्री विभिन्न फिल्म फेस्टिवलमा छनोट भइसकेका छन् भने उनले दर्जनौ इन्टरनेशनल अवार्ड पनि जितिसकेका छन् । यस डकुमेन्ट्रीको सम्पादन इश्वर कोइरालाले गरेका हुन् भने संगीत संयोजन शलिल सुवेदीले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जलसतह बढेपछि कोशी ब्यारेजका ३४ ढोका खोलियो
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- बैठकबाट हिँडिन् मन्त्री न्यौपाने, झन् बल्झियो विधेयकको गाँठो
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- जनकपुर तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर
- सरकार– उखु किसान वार्ता निष्कर्षविहीन
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने
- मनाङमा प्रदेशसभा उपनिर्वाचन कात्तिक १७ गते हुने
- एकीकृत समाजवादीमा पसेपछि वामदेवमा उत्साह