
रसुवा । ६ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको समयमा निर्माण सम्पन्न हुन नसेकेको दुई सय २० केभी क्षमताको सो प्रसारण लाइनको काम कात्तिक १७ गते सम्पन्न भएको हो ।
प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै रसुवामा निर्माण सम्पन्न भएका र निर्माणमा जाने तयारीमा रहेका जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सहज भएको छ । नेपाल विद्युत् प्राधिकरणले रसुवाको थाम्बुचेतदेखि मातातीर्थसम्मको प्रसारण लाइन निर्माण गरेको हो । त्यसमध्ये त्रिशूलीदेखि मातातीर्थसम्मको प्रसारण लाइन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ ।
प्रसारण लाइन रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ थाम्बुचेतदेखि पहिरेबेँसीसम्म २८ र पहिरेबेँसीदेखि राजधानीको मातातीर्थसम्म ४८ किलोमिटर छ । प्राधिकरणको हाइ भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले प्रसारण लाइन निर्माणको काम सम्पन्न भएको र अब परीक्षण प्रसारण थालिने जानकारी दिनुभयो ।
प्रसारण लाइनको कूल लागत ३ अर्ब ६२ करोड रुपैयाँ बराबर छ । आयोजनाको निर्माण चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले गरेको हो । भौगोलिक कठिनाइ परेका कारण निर्माण सामग्री ढुवानीमा हेलिकप्टर र तार तान्नका लागि ड्रोनसमेत प्रयोग गर्नुपरेको थियो ।
प्रसारण लाइन पूरा भएसँगै एक सय ११ मेगावाट रसुवागढी, ४२ दशमलव पाँच मेगावाट तल्लो साञ्जेन एवं निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली वान, त्रिशूली थ्रिबिको ३७ दशमलव तीन मेगावाट बराबरका आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन