
महोत्तरी । यहाँका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्तछन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् ।
चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने तालिका नै नबन्दा अहिले घरखर्च र चाडपर्वका लागि खर्चको जोहो गर्न उखु पेल्न थालिएको किसानको भनाइ छ । अहिले जिल्लाका उखु मुख्य बाली लगाइने गौशाला, भङ्गाहा र बर्दिबास नगरक्षेत्रका बस्तीबस्तीमा किसानका घरघरै उखु पेल्ने र रस पकाएर सख्खर बनाउने व्यस्तता देखिएको छ ।
‘कात्तिक हामी किसानलाई खर्चवर्चको निकै अभाव हुने बेला हो, यसैबेला दीपावली र छठजस्ता महत्त्वपूर्ण पर्व पर्छन्’ भङ्गाहा–४ का किसान रामउद्गार महतो भन्नुहुन्छ– ‘त्यसैले आफ्नै उखु पेलेर खर्चवर्चको जोहो गर्दैछौँ ।’ कात्तिकलाई यहाँका किसान ‘तेह्रौँ मास’ (तेह्रौँ महिना) भन्ने गर्छन् । आम्दानीका क्षेत्र खासै नहुने र खर्च अन्य महिनाभन्दा बढ्ने हुँदा यसलाई प्रतिकात्मक रूपमा तेह्रौँ महिना भन्ने गरिएको किसान बताउँछन् ।
अहिले दीपावली अघिदेखि उखु पेल्न थालेका किसानले छठसम्मै यस कामलाई निरन्तरता दिने गरेका छन् । दीपावली र छठ दुवैमा सख्खरको माग निकै हुने र यसबेलाको नयाँ सख्खरले राम्रो बजार भाउ पाउने गरेको बर्दिबास–७ प्रेमनगरका रामदेव महतो बताउनुहुन्छ । दीपावली र छठपर्वमा उपभोक्ताले नयाँ सख्खर मन पराउँछन् ।
अहिले सख्खर बजारमा एक २० रुपैयाँ प्रतिकिलो बिक्ने गरेको छ । यो चिनीको भन्दा चलनचल्तीको बजार भाउमा ३० रुपैयाँ प्रतिकिलो बढी हो । तर दीपावलीका सेल र छठका ठकुवा चिनीभन्दा सख्खरमा राम्रो हुने हुँदा अलिकता महँगो भए पनि उपभोक्ताको रोजाइमा सख्खर पर्ने गरेको हो । यसबाहेक सामाजिक सञ्जालमा लगातार विभिन्न रोगबाट बच्न चिनीको प्रयोग कम गर्न र त्यसको सट्टा गुलियोका लागि सख्खर प्रयोग गर्न सन्देश प्रवाह भइरहनुले पनि सख्खरको बजार बढाउन सहयोग पुर्याएको बर्दिबास–१ का सामाजिक कार्यकर्ता भोजप्रसाद (शङ्कर) फुँयाल बताउनुहुन्छ ।
जिल्लामा अहिले सात हजार बिघामा उखुखेती छ । जसमध्ये चार हजार बिघाको खुट्टी उखु एकपटक रोपिएको उखुको दुई वर्षको बाली लिइन्छ, पहिलो वर्षको लाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । अहिले किसानले दोस्रो वर्षको उखु पेलेर सख्खर बनाउँदै गरेका हुन् । मुडनमा पुस नलागी राम्ररी रस नपस्ने र खुट्टीचाहिँ कात्तिकमै तयार हुनेहुँदा किसान अहिले खुट्टी पल्न थालेका उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो ।
मधेसका रौतहटसहितका केही जिल्लाका चिनी उद्योगले क्रसिङ शुरु गरे पनि महोत्तरीमा थालिएको छ । प्रत्येक वर्षजसो हिउँद लागेपछि उखुको मूल्य निर्धारणसम्बन्धी टु्ङ्गो समयमा नलाग्दा किसान समस्यामा पर्ने गरेका छन् । कात्तिक मसान्तभित्रै सरकारले उद्योग र उखु उत्पादक किसानबीचको सहमतिबाट मूल्य निर्धारण गरिदिन पर्ने माग सुनवाइ नभएको अध्यक्ष कुशवाहाले गुनासो गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन