
बाँके । नेपालगञ्ज उपमहानगरपालिका–२० निवासी विन्दु चर्तिमगरले व्यावसायिक फूलखेती थाल्नुभएको छ वर्ष भयो । अन्य समयको तुलनामा तिहारमा फूलको माग धान्नै नसकिने उहाँको अनुभव छ ।
जिल्लामा व्यावसायिक फूलखेती गर्ने किसानको सङ्ख्या छजना भन्दा बढी भएका छन् । उनीहरु व्यावसायिक फूलखेतीबाट आत्मनिर्भर बनेका छन् । मौसमी बाहेक विवाहमा सजाउन, उपहार दिन, विभिन्न सभा तथा गोष्ठी लगायतमा फूलको प्रयोग बढेपछि माग बढेको चर्तिमगर बताउनुहुन्छ ।
‘फूलसँग खेल्ने मेरो सानैदेखिको सौख थियो, जिल्लामा फूलको माग धेरै भएकाले मेरो आकर्षण बढ्यो’ उहाँले भन्नुभयो– ‘यो व्यवसाय शुरु गर्दा कम लगानीले पुग्ने र बजार पनि राम्रो भएकाले सुरु गरेँ, आम्दानी सन्तोषजनक छ ।’
विन्दुले पाँच वर्षअघि १० कट्ठाबाट शुरु गरेको फूलखेती हाल दुई बिघा क्षेत्रफलमा फैलिएको छ । सयपत्रीअन्तर्गत टेनिस बल, कलकत्ते र ग्ल्याडोलस जातका फूल लगाएको चर्तिमगरले बताउनुभयो । स्वेदशी उत्पादनलाई प्रोत्साहन गर्न भारतबाट आउने प्लास्टिकका फूल तथा मालालाई बन्देज लगाउनुपर्ने उहाँको भनाइ छ । ल्याउँदा पनि फूल तथा मालामा अनिवार्य क्वारेन्टिन गरिनुपर्ने उहाँको माग छ ।
खजुरा गाउँपालिका–३ निवासी अरुणा गुरुङले वार्षिक १० देखि १२ क्वीन्टलसम्म सयपत्री फूल उत्पादन गर्दै आउनुभएको छ । सयपत्री फूलखेतीबाट वार्षिक पाँच लाख रुपैयाँ बढी मुनाफा लिने गरेको उहाँले बताउनुभयो ।
कोहलपुर नगरपालिका–३ निवासी विष्णु चौधरी र वडा नम्बर १३ निवासी कर्णबहादुर थापाले पनि व्यावसायिक फूल खेती गर्नुभएको छ । विष्णुले फूल खेतीबाट वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिने गरेको बताउनुभयो । शुरुका वर्षमा रहरले फूलखेती गरे पनि हाल आम्दानीको मुख्य स्रोत बनेको उहाँको भनाइ छ ।
सात कट्ठा जमिनमा गरेको फूलखेतीले चौधरीको आर्थिक स्तर उकासेको छ । उहाँले प्रतिकिलो ५ सय रुपैयाँको दरले फूल र माला प्रतिगोटा एक सय २० रुपैयाँ मूल्य निर्धारण गर्नुभएको छ ।
जानकी गाउँपालिका–३ इन्द्रपुरको कर्मोनाह निवासी हसिम बागवानले पनि तीन वर्षदेखि एक कठ्ठामा फूलखेती गरेर एक क्वीन्टल फूल उत्पादन गर्दै आउनुभएको छ । अधिकांश फूलबारीबाटै बिक्री हुने गरेको उहाँको भनाइ छ ।
फूल व्यवसायमा लागेका किसानलाई कोहलपुर नगरपालिकाले सिँचाइ र बीउविजनमा सहयोग गरे पनि अन्य स्थानीय तहले फूल व्यवसाय प्रवर्द्धनका लागि सहयोग नगरेको व्यवसायीको गुनासो छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन