
काठमाडौँ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टनमा नेपाली युवती मुना पाण्डेको गोली हानी हत्या भएको छ । ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डेको उनकै अपार्टमेन्टमा गोली हानी हत्या गरिएको हो ।
पाण्डेलाई छातीमा गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार साँझ ५ः३५ बजे ह्युस्टन प्रहरी घटनास्थल पुग्दा उनको मृत्यु भइसकेको थियो । ह्युस्टन प्रहरीले विज्ञप्ति जारी गर्दै पीडितलाई अपार्टमेन्टभित्र धेरैवटा गोली लागेको अवस्थामा मृत फेला पारिएको बताएको छ ।
भोजपुरकी पाण्डे सन् २०२१ मा स्नातक अध्ययनका लागि अमेरिका जानुभएको थियो । उहाँ ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ विषयमा अध्ययनरत रहेको नेपाली एसोसिएसन अफ ह्युस्टनका प्रथम उपाध्यक्ष द्रोण गौतमले जानकारी दिनुभयो । पाण्डे सुरुमा नेपालबाट गएकी साथीसँगै बस्नुभएको थियो । केही समययता भने अपार्टमेन्टमा एक्लै बस्नुहुन्थ्यो ।
हाल काठमाडौंको काँडाघारीमा बसोबास गरिरहेकी मुनाकी आमा अनिता पाण्डेका अनुसार छोरीको हत्याबारे उहाँले मंगलबार बिहान खबर पाउनुभएको थियो ।
‘मंगलबार सबेरै छोरीकी साथीले मुनाको मृत्यु भएको बताइन्, फोन गर्ने साथीले उताबाट भक्कानिँदै खबर सुनाएपछि होसहवास नै उड्यो,’ उनले भनिन्, ‘सुन्नेबित्तिकै खुट्टा काम्यो र म अचेत भएँ ।’
‘कहिलेकाहीं घुम्न गएका बेला कुराकानी कम हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘कतै घुम्न गएको होला भन्ने ठानेकी थिएँ, आखिर अकल्पनीय भयो ।’ उहाँका अनुसार अमेरिका गएको दुई वर्षसम्म मुना नेपालकै स्कुले साथीसँग अपार्टमेन्टमा सँगै बस्दै आउनुभएको थियो । एक वर्षअघि साथी कामका कारण अन्यत्र सरेपछि मुना एक्लै बस्दै आएको आमा अनिताले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न