
काठमाडौँ । सांसदहरूले मन्दिरमा चढाइएको भेटी व्यवस्थापन, गुठीको सम्पत्ति संरक्षण र सदुपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा उहाँहरुले भेटीको पारदर्शिताबारे चर्चा गर्दै सदुपयोगमा हुनुपर्नेमा जोड दिनुभएको हो ।
‘विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्र, बौद्ध मेलम्ची घ्याङ गुठीको जग्गाको अवस्था, समस्या र चुनौती, बौद्धनाथ क्षेत्रको पुजारी नियुक्ति, आयआर्जन र भेटी व्यवस्थापन, विविध’ विषयक छलफलमा उहाँहरुले भेटीको सदुपयोग र पारदर्शी व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभएको हो । गुठीका नाममा रहेको जग्गाको संरक्षरण र व्यवस्थापन गरेर राज्यको सम्पत्तिको सदुपयोग गर्नुपर्नेमा उहाँहरूको जोड छ ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले विश्व सम्पदा सूचीमा सूचीकृत सबै सम्पदाको सम्पत्तिलाई गुठीमा ल्याउन नसकिएको बताउनुभयो । ‘गुठीलगायत मन्दिरका भेटीका सन्दर्भमा पारदर्शिता आवश्यक छ । यस विषयमा हामी छलफल गर्दैछौँ’ उहाँले भन्नुभयो ।
समिति सदस्य गोपीबहादुर सार्की आछामीले मन्दिरको भेटी व्यवस्थापन र गुठीको सम्पत्ति संरक्षणसम्बन्धी नीति आवश्यक रहेको बताउनुभयो । ‘अहिले मन्दिरका पुजारी र विकास समिति सदस्यबीच समन्वय देखिँदैन, आपसी असमझदारी हटाएर अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले गुठीको सम्पत्तिको अभिलेखमा आउनुपर्ने आवश्यकता औँल्याउनुभयो । ‘हाम्रो धर्म संस्कृतिको सम्पत्ति संरक्षण गरेर मात्र पर्यटकीय विकास गर्न सकिन्छ, यसका संरक्षणका लागि सबैको समन्वय जरुरी छ’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना
- पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी
- सर्वोच्चको न्यायाधीशमा तीन जना सिफारिस
- महँगोमा औषधि किन्नुपर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको छ : स्वास्थ्यमन्त्री
- राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित
- प्रहरीले गोली चलाएर नियन्त्रणमा लियो लागूऔषध कारोबारी
- विरोधी शक्तिहरू सत्तागठबन्धनमा फाटो ल्याउने प्रयत्नमा छन् : प्रधानमन्त्री
- सुनको गहनामा लगाइएको दुई प्रतिशत विलासी करको विरोधमा प्रदर्शन
- संसदमा पेलेरै अघि बढ्ने सत्तापक्षको तयारी
- भूमि आयोगका पदाधिकारीद्वारा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’