
सुर्खेत । बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ ।
खोला तर्न नसक्दा विद्यार्थीहरु ९ दिनदेखि विद्यालय जान पाएका छैनन । विद्यालय जाने बीच बाटोमा रहेको भिउसखोलाको बाढीले पुल भत्काएको हो । विद्यालय आवतजावत गर्न वैकल्पिक बाटो नहुँदा पठनपाठन बन्द गर्नुपरेको त्यो विद्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भिउसखोलामा रहेको ट्रस ब्रिजको एउटा भाग पुरै भत्किएको शिवालय गाउँपालिकाका पूर्वाधार विकास शाखाका इन्जिनियर मनोज केसीले जानकारी दिनुभयो । ‘पुल निर्माण गर्न विकास साझेदार निकायसँग समन्वय भइरहेको छ’ उहाँले भन्नुभयो । विद्यार्थीको पढाइसँगै सर्वसाधारणको आवतजावत नै ठप्प भएको स्थानीयले बताएका छन् ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार भदौ २ गतेदेखि विद्यालय बन्द भएको शिक्षा शाखाका प्रमुख मानबहादुर बस्नेतले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न