+

‘गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्नेछ’

कैलाली । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक एवं धार्मिक पर्व गौराले आपसी प्रेम, सद्भाव र आत्मियता अभिवृद्धि गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ ।

गौरा पर्व २०८१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन तथा विकासमा टेवा पुर्याउने बताउनुभयो ।

‘सुदूरपश्चिममा विशेष महत्वकासाथ परापूर्वकालदेखि मनाइँदै आइरहेको गौरा पर्वले सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक महत्व बोकेको छ’ शुभकामना सन्देशमा भनिएको छ– ‘यसपर्वले सुदृढ राष्ट्रिय एकता र सामाजिक सद्भावसहित नयाँ उमङ्ग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्दछु ।’

उहाँले सन्देशमार्फत गौरा पर्वका अवसरमा स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, समृद्धि सुस्वास्थ्य एवं दीर्घायु तथा प्रगतिको कामना गर्नुभएको छ । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौरा शनिबारदेखि सुरु भएको छ । पञ्चमीदेखि शुरु हुने यो पर्वको शनिबार पहिलो दिन घरघरमा बिरुडा भिजाइएर मनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट