
सिरहा । मिटरब्याजपीडित सङ्घर्ष समितिका अगुवाले मिटरब्याज (अनुचित लेनदेन) समस्या अन्त्यका लागि सरकार गम्भीर नभएको गुनासो गरेका छन् ।
‘मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन, नेपाल’द्वारा शनिबार सिरहाको गोलबजारमा आयोजित भेलामा मिटरब्याज समस्या अन्त्यका लागि बनेको कानुन कार्यान्वयनका लागि सरकार र संयन्त्र इमान्दार नभएको बताएका हुन् ।
‘कानुन कागजमै सीमित हुँदा न्याय पाउन मुस्किल भयो । मिटरब्याजीले प्रहरी, प्रशासन र सरकार सबैलाई प्रभावमा पारेर न्याय प्रक्रियालाई अवरुद्ध पार्ने काम गरेका छन्’ सङ्घर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले भन्नुभयो, ‘मिटरब्याजीले उल्टो पैसा, पहुँच र शक्तिको आडमा पीडितमाथि थप दमन गरिरहेका छन् ।’ उहाँले अब चाँडै गृहमन्त्रीसँग यस विषयमा भेटवार्ता हुन गइरहेको र त्यसपछि पनि सरकारको व्यवहार उचित नदेखिए सशक्त सङ्घर्ष थाल्ने चेतावनी दिनुभयो ।
त्यसैगरी सङ्घर्ष समितिका महासचिव मनोजकुमार पासवानले सरकार, संयन्त्र र मिटरब्याजीहरूले आफूहरूको संयमतालाई कमजोरीका रूपमा लिने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– ‘हाम्रो सङ्घर्षपछि आयोग बन्यो, कानुन बन्यो, तर सबै कागजमै सीमित छ । मिटरब्याजीले नै हामीमाथि दमन गरिरहेका छन् ।’ साथै उहाँले मिटरब्याजको संरक्षक राजनीतिक दल नै भएको आराप समेत लगाउनुभयो ।
अनुचित लेनदेनसम्बन्धी कानुन बन्दा पनि पीडितले न्याय पाउने स्थिति नभएकाले आगामी दिनमा वारपारको लडाइँ लड्नुपर्ने अवस्था आउनसक्ने र त्यसका लागि सम्पूर्ण पीडितलाई एकजुट भएर लाग्न मिटरब्याजी आन्दोलनका अगुवा रामरिझन यादवले आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न