
काठमाडौँ । नेपाल नीति अध्ययन केन्द्रले वैदिक सनातन धर्मलाई क्षति पु-याउने गरी नेपालीका मौलिक कला, संस्कृति, पहिचान र राष्ट्रिय–एकतालाई खण्डित गर्न अवाञ्छित गतिविधि भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ ।
केन्द्रका अध्यक्ष महारथी प्यारजङ्ग थापा र महासचिव डा राजु चित्रकारले आज जारी गर्नुभएको प्रेस–विज्ञप्तिमा वसुधैव कुटुम्बकम्को उच्च आदर्श बोकेको मौलिक संस्कृतिको संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । देशको बौद्धिक समाज राष्ट्रको यस्तो अवस्थाप्रति चिन्तित देखिएको र युवा सुरक्षित भविष्यको खोजीमा विदेश पलायन हुन बाध्य भएकाले नेपालको भविष्य असुरक्षित दिशातर्फ अघि बढ्नु गम्भीर चिन्ताको विषय रहेको विज्ञप्तिमा उल्लेख छ ।
सबै नेपालीले देशको उज्ज्वल भविष्यका लागि संवेदनशील भएर सोच्ने बेला आएको जनाउँदै केन्द्रले यसप्रति चिन्तन गर्न सरोकार भएका सबैमा आह्वान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न